स्वीकारेन गेटा आँखा अस्पताल प्रशासनले आफ्नो कमजोरी, उल्टै कर्मचारीहरुलाई विभिन्न आरोप लगायो
धनगढी, २३ जेठ / गेटा आँखा अस्पताल प्रशासनले तालाबन्दी र कर्मचारी आन्दोलनबारे सार्वजनिक गरेको स्पष्टीकरणमा आफ्नो व्यवस्थापकीय कमजोरी स्वीकार नगरी सम्पूर्ण दोष कर्मचारीमाथि थोपर्ने प्रयास गरेको छ । अस्पतालले जारी गरेको स्पष्टीकरणमा संस्थाको इतिहास, सेवा विस्तार, बिरामी संख्या र उपलब्धिको लामो विवरण प्रस्तुत गरेको छ। तर कर्मचारी आन्दोलनको मुख्य कारण बनेका सेवा–सुविधा, महँगी भत्ता, कर्मचारी व्यवस्थापन तथा श्रमसम्बन्धी असन्तुष्टिबारे प्रशासनले आफ्नो जिम्मेवारी र कमजोरी स्वीकार गरेको देखिँदैन।
सञ्चार माध्यमहरूलाई समेत एकतर्फी सूचना सम्प्रेषण गरेको आरोप लगाएको छ।
प्रशासनले महँगी भत्ता नपाएको विषयलाई लिएर कर्मचारीहरूले तालाबन्दी गरेको उल्लेख गरे पनि उक्त भत्ता किन समयमै उपलब्ध गराइएन भन्ने विषयमा स्पष्ट जवाफ दिएको छैन। उल्टै आन्दोलनमा उत्रिएका कर्मचारीलाई ‘अमर्यादित’, ‘धम्कीपूर्ण’ र ‘अभद्र व्यवहार गर्ने’ रूपमा चित्रण गरिएको छ।
रोचक कुरा के छ भने कर्मचारी आन्दोलनपछि प्रशासनले आर्थिक वर्ष २०८२/८३ को महँगी भत्ता यही महिनादेखि उपलब्ध गराउने निर्णय गरिसकेको जनाएको छ। यसले कर्मचारीहरूले उठाएको माग उचित रहेको संकेत गर्ने भए पनि प्रशासनले त्यसलाई आफ्नो कमजोरीका रूपमा स्वीकार गरेको छैन।
अस्पताल प्रशासनले तालाबन्दीलाई अनुशासनहीन गतिविधिका रूपमा चित्रण गरेको छ। तर कर्मचारीहरू आन्दोलनमा जानुपर्ने अवस्था किन सिर्जना भयो भन्ने विषयमा मौन देखिएको छ। लामो समयदेखि उठाइँदै आएका माग समयमै सम्बोधन भएको भए विवादको अवस्था नै नआउने कर्मचारीहरूको तर्क छ।
स्पष्टीकरणमा प्रशासनले संस्थामा कुनै अनियमितता नभएको दाबी गरेको छ। तर कर्मचारीहरूले उठाएका सवाल, असन्तुष्टि र व्यवस्थापनप्रतिको अविश्वासको कारणबारे कुनै आत्मसमीक्षा गरिएको देखिँदैन। बरु सम्पूर्ण विवादलाई केही कर्मचारीको व्यवहारसँग जोडेर प्रस्तुत गरिएको छ।
कर्मचारीहरुले संस्थागत समस्या र व्यवस्थापकीय कमजोरीलाई ढाकछोप गर्न आन्दोलनरत कर्मचारीलाई दोषी देखाउने प्रयास भइरहेको बताएका छन् । उनीहरू भन्छन्, “यदि सबै प्रक्रिया पारदर्शी र प्रभावकारी थिए भने कर्मचारीहरू आन्दोलनमा उत्रिनुपर्ने अवस्था किन आयो ?”
गेटा आँखा अस्पताल सुदूरपश्चिमको प्रतिष्ठित स्वास्थ्य संस्था भए पनि पछिल्लो विवादले व्यवस्थापन र कर्मचारीबीचको सम्बन्धमा गम्भीर प्रश्न खडा गरेको छ। यसबीच अस्पताल प्रशासनले भने आफ्ना सबै …
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed