कैलालीमा पावर टिलर दिने भन्दै लाखौको रकम असुली, संकलन गर्ने सम्पर्क बिहिन
धनगढी २३ असार/कैलालीको कैलारी गाउँपालिका ५ सडकपुरकी विमला चौधरी गएको जेठ १७ गते पावर टिलर मेसिन दिलाउने भन्ने केही व्यक्तिहरुलाई १ लाख २५ हजार नगद बुझाइन् । जसमध्ये त्यो पैसाको उनीसँग ५८ हजार ७५० रुपैयाँको सुशिला खड्का ओझा नाम गरेको व्यक्तिको खातामा पैसा जम्मा गरेको बैंक भौचर छ । भने, बाँकी ६६ हजार २५० रुपैयाँको भने छैन ।
उनलाई जेठ २० गते नै पावर टिलर दिने भनिएको थियो । बर्खे धान खेतीमा सहजता होला भनेर पैसा दिएकी विमलाको हातमा हालसम्म पावर टिलर नपरेपछि उनी स्तब्ध छिन् । यहाँसम्मकी बैंक भौचर बाहेक ६६ हजार २५० रुपैयाँ लिन आएको ब्यक्तिले खाएको थाहा पाएपछि उनी झन छाँगाबाट खसेझै भएकी छिन् ।
दुखेसो सुनाउँदै विमलाले रातोपाटीसँग भनिन्, ‘रातदिन नभनी कमाएको पैसाले खेतीपातीमा सहजता होला भनेर पैसा दिए । तर हालसम्म पाइएन । म त धनगढीसम्मै पुगेको थिए । तर रित्तै फर्कियौ । अब खेतीपाती पनि सकियो । नत पावर टिलर, नत पैसा छ हातमा ।’
कैलारी गाउँपालिका वडा नं. ४ भित्तरियाका जनक चौधरीले पनि अगाडि थपे, ‘धेरै दुःख लागेको छ । चिनेकै व्यक्तिहरुबाट यसरी धोखा पाइएला भन्ने सोचेकै थिएन । अब त के गर्ने, के गर्ने भएको छ ।’
विमला र जनक मात्रै होइन, कैलारी गाउँपालिकामा मात्रै सुशिला खड्का ओझाको खातामा ४८ जनाले ५८ हजार ७५० रुपैयाँको दरले पैसा जम्मा गरेका हुन । ती ४८ जना किसानबाट पैसा जम्मा गराउने व्यक्तिहरुले ६६ हजार २५० रुपैयाँको दरले नगद लिएको खुलेको छ ।
उता सुशिला खड्काले आफुहरुले किसानको २५ प्रतिशत र संस्थाको ७५ प्रतिशत लागत साझेदारीमा पावर टिलर मेसिन दिदै आएको बताएकी छिन् । खड्का सुरो नेपाल विशालनगर धनगढीकी संस्थापक अध्यक्ष हुन् ।
उनले रातोपाटीसँग भनिन्, ‘कैलालीको कैलारी गाउँपालिकामा मात्रै हाम्रो १ हजार जनालाई पावर टिलर बाँड्ने योजना हो । तर बिचमा पैसा उठाएर खाने दलालबाट हामी पनि हैरान छौ …
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed