• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

एसपीएले गर्यो कलाकारहरु प्रदीप खड्का, गुरुङ र सेनलाई सम्मान

धनगढी, ३१ भदौ । नेपाली चलचित्र क्षेत्रका प्रशिद्ध कलाकारहरु नायक प्रदीप खड्का, नायिका क्रिस्टिना गुरुङ र निर्माता सन्तोष सेनलाई धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी(एसपीए) कलेजले सम्मान गरेको छ ।

एसपीए कलेजको प्रांगणमा आयोजित एक कार्यक्रमकाबीच उहाँहरुलाई दोसल्लासहित सम्मानपत्रमार्फत सम्मान गरिएको हो । एसपीएको बीबीएस कार्यक्रम निर्देशक रघुनाथ जोशी तथा प्लस टू तथा एमएड कार्यक्रम निर्देशक रमेश जोशीले उहाँहरुलाई दोसल्ला र सम्मापत्रसहित सम्मान गर्नुभएको थियो ।

कलाकारिता क्षेत्रबाट देशका कला, संस्कृतिको उत्थानमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै कलाकारद्वय खड्का र गुरुङ तथा निर्माता सेनलाई सम्मान गरिएको हो ।

‘कलाकार भनेको राष्ट्रका गहना हुन् । उहाँहरुको माध्यमबाट देशको कला संस्कृतिको उत्थान हुनुका साथै आम युवाहरु प्रेरित हुने गर्छन्,’ सम्मान कार्यक्रममा बीबीएस निर्देशक जोशीले भन्नुभयो, ‘सुदूरपश्चिममा आउनुभएको अवसरमा हामीले राष्ट्रका गहनालाई सम्मान गर्ने संस्कार बसालेका छौं । उहाँहरुले आगामी दिनमा थप युवा उप्रेरित चलचित्रमार्फत देशविकासमा योगदान पुर्याउँने विश्वास लिएका छौं ।’

सम्मान कार्यक्रममा कलाकारहरुले विधार्थीहरुसँग आफ्नो संघर्ष, जीवनउतार चढाव र उप्रेरित शब्दहरुसहित अन्र्तक्रिया गर्नुभएको थियो ।

सम्मानपछि बोल्दै नायक प्रदीप खड्काले एसपीए कलेजले गरेको न्यायो आथित्यताका लागि धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले सयौं विधार्थीहरुसँग अन्र्तक्रिया गर्न पाउँदा हर्षित महसुस भएको बताउँनुभयो ।

देशभरिकै उत्कृष्ट १३ कलेजभित्र पर्दै राष्ट्रिय शिक्षा सम्मान प्राप्त गरेको एसपीए कलेज अमेरिकामा हुने ग्रीन कलेज अवार्डको पनि मनोनयनमा परेको छ ।

झण्डै ३५ सय विधार्थी अध्ययनरत् एसपीए सुदूरपश्चिमकै अग्रिणी शैक्षिक संस्था हो । एसपीएमा स्नातकोत्तर तहमा एमएड, एमबीएस, स्नातक तहमा बीए, बीबीएस, बीएड, बीएचएम, बीआईएम, एकवर्षे बीएड तथा प्लस टूमा विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी, कानुन, होटल म्यानेजमेन्ट, आमसञ्चार र पत्रकारिता विषयमा अध्ययन अध्यापन हुँदै आएको छ ।

कलेजमा पूर्ण रुपमा मल्टिमिडियायुक्त कक्षाकोठाहरु छन् । सबै कोठामा सिसी टिभी क्यामेरा जडान गरिएका छन् । आधुनिक कम्प्युटर तथा विज्ञान प्रयोगशालामा विधार्थीहरुलाई प्रशिक्षित गराइन्छ । सुदूरपश्चिममा एकमात्रै आफ्नो होटल म्यानेजमेन्टको प्रयोगशाला भएको कलेज पनि एसपीएमात्रै हो । कलेजको आफ्नै बेकरी क्याफे सञ्चालनमा आउने तयारीमा समेत छ ।

टाढाबाट आउने विधार्थीका लागि कलेजले बसको व्यवस्था गर्नुका साथै होस्टेलको समेत व्यवस्था गरेको छ । विभिन्न १५ वटा क्लबहरु गठन गर्दै विधार्थीहरु अतिरिक्त क्रियाकलापमा सहभागिता जनाउँछन् । कलेजमा ८ जना अन्तर्राष्ट्रिय क्रिकेट खेलाडीमात्रै अध्ययन गरिरहेका छन् । त्यसबाहेक अन्य खेलका अन्तर्राष्ट्रिय खेलाडीका लागि पनि कलेजले छात्रवृत्तिको व्यवस्था गरेको छ ।

कलाकारहरु प्रदीप खड्का, गुरुङ र सेनलाई एसपीएको सम्मान
नेपाली चलचित्र क्षेत्रका प्रशिद्ध कलाकारहरु नायक प्रदीप खड्का, नायिका क्रिस्टिना गुरुङ र निर्माता सन्तोष सेनलाई धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी९एसपीए० कलेजले सम्मान गरेको छ ।

एसपीए कलेजको प्रांगणमा आयोजित एक कार्यक्रमकाबीच उहाँहरुलाई दोसल्लासहित सम्मानपत्रमार्फत सम्मान गरिएको हो । एसपीएको बीबीएस कार्यक्रम निर्देशक रघुनाथ जोशी तथा प्लस टू तथा एमएड कार्यक्रम निर्देशक रमेश जोशीले उहाँहरुलाई दोसल्ला र सम्मापत्रसहित सम्मान गर्नुभएको थियो ।

कलाकारिता क्षेत्रबाट देशका कला, संस्कृतिको उत्थानमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै कलाकारद्वय खड्का र गुरुङ तथा निर्माता सेनलाई सम्मान गरिएको हो ।

‘कलाकार भनेको राष्ट्रका गहना हुन् । उहाँहरुको माध्यमबाट देशको कला संस्कृतिको उत्थान हुनुका साथै आम युवाहरु प्रेरित हुने गर्छन्,’ सम्मान कार्यक्रममा बीबीएस निर्देशक जोशीले भन्नुभयो, ‘सुदूरपश्चिममा आउनुभएको अवसरमा हामीले राष्ट्रका गहनालाई सम्मान गर्ने संस्कार बसालेका छौं । उहाँहरुले आगामी दिनमा थप युवा उप्रेरित चलचित्रमार्फत देशविकासमा योगदान पुर्याउँने विश्वास लिएका छौं ।’

सम्मान कार्यक्रममा कलाकारहरुले विधार्थीहरुसँग आफ्नो संघर्ष, जीवनउतार चढाव र उप्रेरित शब्दहरुसहित अन्र्तक्रिया गर्नुभएको थियो ।सम्मानपछि बोल्दै नायक प्रदीप खड्काले एसपीए कलेजले गरेको न्यायो आथित्यताका लागि धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले सयौं विधार्थीहरुसँग अन्र्तक्रिया गर्न पाउँदा हर्षित महसुस भएको बताउँनुभयो ।

देशभरिकै उत्कृष्ट १३ कलेजभित्र पर्दै राष्ट्रिय शिक्षा सम्मान प्राप्त गरेको एसपीए कलेज अमेरिकामा हुने ग्रीन कलेज अवार्डको पनि मनोनयनमा परेको छ ।

झण्डै ३५ सय विधार्थी अध्ययनरत् एसपीए सुदूरपश्चिमकै अग्रिणी शैक्षिक संस्था हो । एसपीएमा स्नातकोत्तर तहमा एमएड, एमबीएस, स्नातक तहमा बीए, बीबीएस, बीएड, बीएचएम, बीआईएम, एकवर्षे बीएड तथा प्लस टूमा विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी, कानुन, होटल म्यानेजमेन्ट, आमसञ्चार र पत्रकारिता विषयमा अध्ययन अध्यापन हुँदै आएको छ ।

कलेजमा पूर्ण रुपमा मल्टिमिडियायुक्त कक्षाकोठाहरु छन् । सबै कोठामा सिसी टिभी क्यामेरा जडान गरिएका छन् । आधुनिक कम्प्युटर तथा विज्ञान प्रयोगशालामा विधार्थीहरुलाई प्रशिक्षित गराइन्छ । सुदूरपश्चिममा एकमात्रै आफ्नो होटल म्यानेजमेन्टको प्रयोगशाला भएको कलेज पनि एसपीएमात्रै हो । कलेजको आफ्नै बेकरी क्याफे सञ्चालनमा आउने तयारीमा समेत छ ।

टाढाबाट आउने विधार्थीका लागि कलेजले बसको व्यवस्था गर्नुका साथै होस्टेलको समेत व्यवस्था गरेको छ । विभिन्न १५ वटा क्लबहरु गठन गर्दै विधार्थीहरु अतिरिक्त क्रियाकलापमा सहभागिता जनाउँछन् । कलेजमा ८ जना अन्तर्राष्ट्रिय क्रिकेट खेलाडीमात्रै अध्ययन गरिरहेका छन् । त्यसबाहेक अन्य खेलका अन्तर्राष्ट्रिय खेलाडीका लागि पनि कलेजले छात्रवृत्तिको व्यवस्था गरेको छ ।

No description available.

No description available.

शुक्रबार, भदौ ३१, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.