धनगढी, ३० भदौ । बाजुरामा शुक्रबारदेखि दोस्रो चरणको फाइजर खोप लगाइने भएको छ। जिल्ला स्वास्थ्य कार्यालय बाजुराले भाद्र ३१ गतेदेखि असोज २ गतेसम्म दोस्रो चरणको फाइजर खोप लगाउने भएको हो।
जिल्लाका ५ वर्षदेखि ११ वर्षसम्मका करिब १९ हजार १७१ जना बालबालिकाहरूलाई दोस्रो चरणको फाइजर खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख महेश चन्दले बताए।