धनगढी, २२ भाद्र/धनगढीको एलएन चोकस्थित सार्वजनिक धारामा सरोकारवाला निकायले टुटी समेत हाल्न सकेको छैन ।धनगढीको अति नै व्यस्त सो क्षेत्रमा रहेको धनगढी जेसिजले बनाएको सार्वजनिक धारामा सरोकारवाल निकायले प्लास्टिकको बोटलको टुटी बनाएका छन् ।
प्लास्टिकको बोटलको टुटी जोडेर बनाईएको सो धारामा पानी पिउन बोतलको ढक्कन खोल्नुपर्ने अवस्था रहेको स्थानीयले बताएका छन् ।
धनगढीको मुख्य सडकमा थोरै मात्र सार्वजनिक धारा रहेकोमा धेरै धारा बन्द र बिग्रिएका छन् ।