काठमाडौं,२० भदौ । तेस्रो एकदिवसीय क्रिकेटमा केन्याविरुद्ध टस हारेको नेपालले फिल्डिङ गर्दैछ ।
नैरोवीस्थित जिमखाना मैदानमा केन्याले टस जितेको हो । अघिलला दुई खेल जितेर शृंखला आफ्नो पक्षमा परिसकेको नेपालले आजका लागि टिममा एक परिवर्तन गरेको छ ।
तीव्र बलर करण केसीको स्थानमा किशोर महतोलाई टिममा राखिएको छ । नेपालले पहिलो एकदिवसीयमा ७ विकेट र दोस्रोमा १७ रनको जित निकालेको थियो ।
सन्दीप लामिछाने क्यारेवियन प्रिमियर लिग खेल्न गएपछि नेपाल टिमको कप्तानी रोहितकुमार पौडेलले गरिरहेका छन् । त्यसअघि पाँच टी–२० अन्तर्राष्ट्रिय शृंखला नेपालले ३–२ ले जितेको थियो ।
