धनगढी, १६ भाद्र/कैलालीको धनगढी उपमहानगरपालिका १९मा दाउरा बटुल्ने क्रममा मोहना नदीमा एक जना डुबेर बेपत्ता भएका छन् ।
बिहिबार बिहान धनगढी उपमहानगरपालिका १९ ,खेदाका स्थानीय अन्दाजी बर्ष २६ का माने भनिने रिस्मान चौधरी मोहना नदीमा डुबेर बेपत्ता भएका छन् ।
बिहान साथीहरु संगै नदिले बगाएर ल्ययाएका दाउरा समात्ने क्रममा उनलाई नदिले डुबाएर बेपत्ता पारेको सिमा प्रहरी चौकी बहुलीयाका इन्चार्ज गोपाल कार्कीले जानकारी दिए । बेपत्ता चौधरीको खोजी कार्य भइरहेको कार्किले जानकारी दिए ।