काठमाडौँ, १३ भदौ । मलेसियाको क्वालालम्पुरमा सोमबार शक्तिशाली भूकम्प आएको छ।राष्ट्रिय भूकम्प केन्द्रले दिएको जानकारीअनुसार सोमबार ६.१ म्याग्निच्युडको भूकम्प गएको हो। स्थानीय समयानुसार बिहान ८.५९ बजे १० किलोमिटर गहिरो भूकम्प गएको हो।
भूकम्पबाट कुनै क्षति भएको विवरण अहिलेसम्म प्राप्त नभएको सरकारी उच्च अधिकारीहरुले जानकारी दिएका छन्।उनीहरूले प्रभावित क्षेत्रबाट सूचना तथा विवरण संकलन भइरहेको पनि जनाएका छन्।
मलेसियामा बेला बेलामा भूकम्प आइरहने गरेको छ। भूकम्पका कारण धनजनको क्षति हुने गरेको छ।