काठमाडौं,१२ भदौ । केन्या विरुद्धको तेस्रो टी–२० आईमा नेपालले पहिले बलिङ गर्ने भएको छ । नैरोवीस्थित जिमखान क्रिकेट मैदानमा हुने खेलमा घरेलु टोली केन्याले टस जितेर ब्याटिङ रोजेको छ ।
नेपाली टिममा आज दुई परिवर्तन गरिएको छ । पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका अर्जुन साउदले डेब्यु गरेका छन् ।
नियमित विकेटकिपर आसिफ शेखको स्थानमा युवा विकेटकिपर साउद मैदान उत्रिएका हुन् ।दोस्रो टी–२० आई खेलेका वसिर अहमदको स्थानमा शाहब आलमले खेलेका छन् ।५ खेलको टी–२० आई शृंखला १/१ को बराबरीमा छ ।