धनगढी, ११ भाद्र/सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डा. रणबहादुर रावलले डोटीका सुरक्षा प्रमुख संग छलफल गरेका छन् । सुदूरपश्चिम प्रदेशका बिभिन्न जिल्लाको भ्रमणका क्रममा आईतबार डोटीका सुरक्षा प्रमुखहरु संग बैठक गरेका छन् ।
बैठकमा आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि उच्च सतर्कताका साथ भरपर्दो सुरक्षा व्यवस्था मिलाउने, बाढी पहिरो, आगलागीको उच्च जोखिमा रहेको डोटीका संम्भावित विपद जोखिम न्यूनिकरण गर्न सम्बद्ध सरोकारवालाहरुसँग समन्वय र सहकार्य गरी आवश्यक पूर्वतयारी तथा रोकथामका लागि विपद प्रतिकार्यका लागि तयारी अवस्थामा रहने निर्णण गरेको छ ।
सुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री डा. रणबहादुर रावलको विशेष उपस्थितिमा भएको बैठकमा डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ अध्यक्षतामा भएको थियो ।
भैरव प्रशाद गण डोटीका प्रमुख सेनानी जनमत बहादुर कार्की, डोटीका प्रहरी प्रमुख राजेन्द्रप्रसाद धमला, सशस्त्र प्रहरी बल , नेपाल नं. ३६ गणका प्रमुख विरसिंह शाहु, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय डोटीका प्रमुख रेशम अधिकारीको बैठकमा सहभागिता रहेको थियो ।