धनगढी, १ भाद्र/बैतडीमा पासोमा फसेको गर्भवति चितुवा मृत्यु भएपछि दुई वटा बच्चा निकालिएको छ । बैतडीको दशरथचन्द नगरपालिका– ४ बिनासौंमा किसानहरुले बँदेलका लागि थापेको पासोमा चितुवा फसेको थियो । उद्धारको क्रममा चितुवा मरेको भेटनरी अस्पताल तथा पशु सेवा केन्द्रका विशाल पाठकले जानकारी दिए ।
उद्धार गरी भटनरी अस्पताल पुगाउदै गर्दा चितुवाको मरेको थियो । चितुवा मरेपछि को मृत्यु पछि चितुवाको पोष्टमार्टम गर्दा उक्त चितुवाको पेटमा २ वटा बच्चा भेटिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । मरेको चितुवाको पेटमा २ वटा बच्चा भेटीएको प्रहरीले बताएको छ ।
चितुवाको बच्चा भेटनरी अस्पताल बैतडीमा हेरचाह र रेखदेखका लागि राखिएको छ । मरेको चितुवा बैतडीका सबै सुरक्षा निकाय, जिल्ला बन कार्यालय र स्थानीय सरोकारवालाको रोहवरमा जमिन मुनि गाडीएको छ ।