• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

बझाङमा सीआईबी खटियो, छोराछोरीसहित आमा मृत घटनाको अनुसन्धान गर्ने

धनगढी २७ साउन/बझाङको बुङ्गल नगरपालिका–९ मा आमासहित दुई जना छोराछोरी समेत मृत भेटिएको घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली खटिएको छ । जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक रमेश अवस्थीकाअनुसार घटनाको अनुसन्धान गर्न सीआईबीको टोली बझाङ पुगेको छ ।

प्रहरी निरीक्षकले नेतृत्व गरेको उक्त निर्मला हत्या प्रकरणको अनुसन्धानका लागि कञ्चनपुरमा रहेका टोलीका समेत गरेर ६ जना सदस्यले बझाङ पुगेर अनुसन्धान थालेको अवस्थीले जानकारी दिए । घटनालाई गम्भीर रुपमा लिदै जिल्ला प्रहरी कार्यालयले अनुसन्धानमा प्राविधिक सहयोग मागेपछि सीआईबीको टोली आएको हो ।

बुधबार बिहान बुंगल नगरपालिका–९ रारुकी २२ वर्षीया गीता पार्की, उनका ५ वर्षीया छोरी र ३ वर्षीय छोरा एउटै रुखमा झुन्डिएको अवस्थामा फेला परेका थिए ।मृतक गीताका श्रीमान अन्दाजी २७ वर्षीय पुष्कर पार्की मंगलबार अबेर राति भारतको पिथौरागढबाट घर पुगेका थिए ।गत वर्ष छिमेकीबाट जबरजस्ती करणीको सिकार भएकी श्रीमती गीतामाथि पुष्करले चरित्रको प्रश्न उठाउन थालेपछि उनीहरुको सम्बन्ध बिग्रिदै गएको थियो । घटना भएको राति समेत उनीहरुबीच भनाभन भएको प्रहरीलाई दिएको प्रारम्भीक बयानमा उनले बताएका छन् ।

मृतक गीताका माइती पक्षले उनका श्रीमान पुष्कर पार्कीविरुद्ध आत्महत्या दुरुत्साहन सम्बन्धी किटानी जाहेरी दिएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश अवस्थीकाअनुसार मृतकका काका गगन बिकले पुष्करविरुद्ध आत्महत्या दुरुत्साहनमा किटानी जाहेरी दर्ता गरेका हुन् ।

किटानी जाहेरी दिएपछि अदालतबाट म्याद थप गरेर अनुसन्धानका लागि प्रहरीको नियन्त्रणमा रहेका पुष्करलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा रािखएको छ ।

शुक्रबार, साउन २७, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.