रमेश भट्टराई, अमेरिका २५ साउन/ अमेरिकाको मेरिल्याण्ड राज्यमा पहिलो पटक गौरा पर्दशनी हुने भएको छ । सुदूरपश्चिम नेपाली समाज मेरिल्याण्ड र नेपाली अमेरिका सास्कृतिक केन्द्र (हिन्दु बुद्ध मन्दिर) को सयुक्त आयोजनामा पहिलो पटक अमेरिकामा गौरा पर्दशनी हुने भएको हो ।
नेपालको सुदूरपश्चिम क्षेत्रको मौलिक पर्व गौराको अवसर पारि आउदो सेप्टेम्वर ४ मा हुन लागेको गौरा प्रर्दशनीको व्यापक तयारी शुरु भएको आयोजकले जनाएको छ । प्रर्दशनीलाई सफल पार्न बिभिन्न समितिहरु समेत गठन गरिएको छ ।
प्रर्दशनीमा गौरा पर्वको महत्व झल्किने गरि बिभिन्न पर्चा पम्पलेट वितरण गरिनुका साथै भाँकी तथा देउडा नाचहरु प्रर्दशन गरिने सुदूरपश्चिम समाज, न्यूयोर्क, अमेरिकाका अध्यक्ष रामबहादुर देउवाले जानकारी दिए ।
अमेरिकामा बाक्लिदै गईरहेको नेपाली बस्ती माझ आफ्ना मौलिक चाडपर्वहरुको महत्व लोप हुन नदिन गौरा प्रर्दशनीको आयोजना गरिन लागिएको आयोजकले जनाएको छ । अमेरिकामा करिब २ लाखको हाराहारीमा नेपालीहरु रहेको अनुमान छ ।
