मसुरिया १८ साउन/कैलालीको गौरीगंगा नगरपालिका–८, लिक्मास्थित जनप्रिय माध्यमिक विद्यालयमा पियन नियुक्तीमा प्रधानाध्यपक धनीदत्त भट्टले घुस लिएपछि बिवाद बढेपछि बिद्यालय व्यबस्थापन समितिले छानविन समिति गठन गरेको छ ।
बैठकले सम्झना बम ताडी संयोजकत्वमा छानविन समिति गठन गरेको छ । समितिमा स्थानीय जनप्रतिनिका तर्फबाट वडा सदस्य कल्पना रोकायमगर बिक, सदस्यहरु बसन्त कडेल,ं रोहित भाट, दुर्गादेवी ताडीलाई चयन गरेको छ । छानविन समितिले साउन २६ गते भित्र प्रतिबेदन तयार गरी विद्यालय व्यबस्थापन समितिलाई बुझाउने म्याडेट पाएको छ । छानविन समितिको प्रतिबेदन पछि व्यबस्थापन समितिले नगरपालिकाको शिक्षा शाखामा बुझाउने बैठकमा सहभागि एक सदस्यले बताए । बिद्यालयको लेखा र प्रशासन शाखाका अहिले पनि तालाबन्दी जारी छ ।
उक्ता बैठकमा सदस्य सचिव समेत रहने विद्यालयका प्रधानाध्यापक धनीदत्त भट्ट भने सहभागि थिएनन् । बिद्यालय व्यबस्थापन समिति अध्यक्ष शेरबहादुर चौधरीको अध्यक्षतामा बैठक बसेको थियो । बैठकमा समिति सदस्य, स्थानीय बुद्धीजिवी सहभागि रहेका बताईएको छ । प्रधानाध्यापक धनीदत्त भट्टले पियन नियुक्तीमा ३० हजार घुस मागेको समाचार बाहिर आएपछि स्थानीय र अभिभावकले साउन १७ गते देखी विद्यालयमा तालाबन्दी गरेका थिए ।
विद्यालयमा कार्यालय सहयोगी राख्ने नाममा प्रधानाध्यापकले ३० हजार रुपैयाँ घुस लिएको समाचार सुदूरपत्र अनलाईनले समाचार प्रकाशन गरेपछि स्थानीय आन्दोलित भएका छन् । विद्यालय व्यवस्थापन समितिको गत जेठ २४ गतेको निर्णयअनुसार विद्यालयका आन्तरिक स्रोतबाट तलबभत्ता पाउने गरी जेठ २४ गतेकै दिन दरखास्त आह्वान गरिएको सूचनामा लिक्मा गाउँका कृष्ण चौधरीले आवेदन दिएका थिए । दरखास्त आह्वानमा कृष्णबाहेक अन्यको आवेदन परेको थिएन । घुस प्रकरण बाहिरिएसँगै अहिले जनप्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक धनिदत्त भट्ट विवादमा तानिएका छन् ।