धनगढी, १८ साउन । बाजुरामा एकै दिन दुई गर्भवती महिलाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। ४ दिनदेखि सुत्केरी हुन नसकेकी जगन्नाथ गाउँपालिका २ की ३२ वर्षीया जेनि राई नाथ र बुढीनन्दा नगरपालिका २ की मनु रेग्मी पाध्यायको उद्धार गरिएको हो।
जेनीलाई अछामको साफेँबगरबाट उद्धार गरिएको हो भने मनुको कोल्टीबाट उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जानकारी दिएको छ।