तेह्रथुम, १७ साउन । तेह्रथुमको छथर गाउँपालिका–५, ठकुरी टोलमा आफ्नै छोराको कुटपिटबाट ५३ वर्षीय भक्तबहादुर भण्डारीको मृत्यु भएको छ।
प्रहरीका अनुसार आज बिहान सवा ६ बजेतिर भण्डारीका २४ वर्षीय छोरा टंक भण्डारीले अचानक धान कुट्ने मुस्लीले बुबाको टाउकामा हानेका हुन्।
खबर पाउनासाथ प्रहरी चौकी (शुक्रबारे) बाट खटिएको प्रहरी टोलीले घाइते अवस्थामा उद्धार गरी उनलाई छथर अस्पताल पठाएकोमा उपचारका क्रममा मृत्यु भएको हो।
घटनामा संग्लग्न छोरा टंक भण्डारी तत्काल फरार भएकाले उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय (तेह्रथुम) ले जनाएको छ।