धनगढी, १७ साउन । बाजुरका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्। लगातारको वर्षाको कारण पहिरो खस्दा विभिन्न ठाउँमा सडक अवरुद्ध भएका हुन्।
जिल्लाको बुढीगंगा नगरपालिका–२ ताप्रेसेरा र सोही नगरपालिकाको वडा नम्बर ६ बार्जुघाटस्थित सडकखण्ड पहिरोले अवरुद्ध भएको प्रहरीले बताएको छ। अहिले पनि वर्षा भइरहेकाले वर्षा रोकिएपछि पहिरो पन्छ्याइने प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
यस्तै, बुढीगंगा–१ को बल्देमा पनि साउन पहिलो साताबाटै सडक अवरुद्ध रहेको र अझै पनि सडक खोल्न सकिने सम्भावना नरहेको प्रहरीले बताएको छ।