धनगढी,१२ साउन । धनगढीमा होटेल म्यानेजमेन्ट पढाई हुने इन्स्टिच्युट खुलेको छ । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा होटेल म्यानेजमेन्ट पढाई हुने इन्स्टिच्युट खुलेको हो। धनगढी उपमहानगरपालिका वडा ५ स्थित हसनपुरमा इन्स्टिच्युट अफ होटेल म्यानेजमेन्ट कैलाली खुलेको सञ्चालकले बताएका छन् ।
राष्ट्रिय तथा अन्तर राष्ट्रिय स्टार होटेलको पाठ्यक्रममा आधारित शिक्षा प्रदान गरिने सञ्चालक देवेन्द्र जोशीले बताए । प्रोजेक्टरद्वारा कक्षा सञ्चालन गरिने, दक्ष अनुभवी शिक्षकरशिक्षिका द्वारा अध्ययन अध्यापन गराइने र होस्टेलको व्यवस्था सहित भएको जोशीले बताए । तालिमको लागि स्वदेश तथा विदेशी स्टार होटेल मा तालिमको व्यवस्था गरिने बताएको छ ।
