• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सुदूरपश्चिम विश्वविद्यालयमा जहिल्यै किचलो

कञ्चनपुर ३२ असार/शिक्षक तथा कर्मचारीका लागि आवेदन खुलाएपछि सुदूरपश्चिम विश्वविद्यालय फेरि विवादमा तानिएको छ । सेवा आयोगलाई छलेर आंशिकदेखि कोर्स करारमा शिक्षक र कर्मचारी भर्ना गर्न खोजिएको विद्यार्थी संगठनहरूले आरोप लगाएका छन् । कार्यकर्ता भर्ती गर्न सेवा आयोग छलेको उनीहरूको आरोप छ ।

विश्वविद्यालयले मानविकी, इन्जिनियरिङ, कृषि र कानुन संकायका लागि करारमा कर्मचारी र शिक्षक माग गरेको थियो । विद्यार्थी संगठनकै विरोधपछि कानुन संकायबाहेक सबै संकायको विज्ञापन स्थगित भएको छ । कर्मचारी र शिक्षक भर्ना गर्ने क्रममा विश्वविद्यालय पहिलो पटक विवादमा आएको होइन । यसअघि पनि विश्वविद्यालयका पदाधिकारीदेखि केन्द्रीय क्याम्पसका प्रमुखले मनपरी ढंगले शिक्षक र कर्मचारी भर्ना गरेपछि महिनौं तालाबन्दी भएको थियो । गत माघमा मात्रै विश्वविद्यालयलाई अतिरिक्त भार थप्ने गरी डीनदेखि सहायक डीन, निर्देशक, विभागीय प्रमुखलगायतमा राजनीतिक भागबन्डामा नियुक्ति गरिएपछि तीन महिना केन्द्रीय कार्यालय बन्द भयो । यति मात्रै होइन उपकुलपति र रजिस्ट्रारको कार्यकक्षमा समेत तालाबन्दी गरिएको थियो । विद्यार्थी संगठनको तालाबन्दीकै कारण फागुन २७ मा तोकिएको दोस्रो दीक्षान्त समारोह असारमा हुन पुग्यो ।

विश्वविद्यालय स्थापनासँगै सेवा आयोग पनि गठन गरिएको छ । तर तीन वर्षयता आयोगले कुनै विज्ञापन खोल्न पाएको छैन । विश्वविद्यालयका पदाधिकारी र विभिन्न संकायका डीनहरूले मनपरी ढंगले विज्ञापन खोलेर कर्मचारी र शिक्षक भर्ना गर्दै आएका छन् । ‘हामीले तीन वर्षदेखि कर्मचारी भर्ना गर्न पाएका छैनौं,’ विश्वविद्यालय सेवा आयोगका अध्यक्ष पूर्णबहादुर चन्दले भने, ‘तर करारका नाममा कर्मचारी भर्ना गरिएकै छ, सेवा आयोगलाई कुनै जानकारी वा परामर्शसम्म छैन ।’ दरबन्दीअनुसार सेवा आयोगबाटै स्थायी रूपमा कर्मचारी भर्ना गर्नुपर्ने उनले बताए ।

अनेरास्ववियु कञ्चनपुरका अध्यक्ष कमल रोकायाले आयोग छलेर धमाधम कर्मचारी भर्ना गर्न खोजिएको बताए । ‘स्वीकृत दरबन्दी खाली छन्, पदपूर्ति गर्नेतर्फ ध्यान छैन,’ उनले भने । विभिन्न समयमा समायोजन भएका आंगिक क्याम्पसमा स्वीकृत दरबन्दीअनुसार पदपूर्ति नभएको उनले बताए । रजिस्ट्रार यज्ञराज पाठकले जनशक्ति अभावकै कारण करारमा भर्ना गर्नुपर्ने बाध्यता आएको तर्क गरे । उनले पहिलो पटक कानुन संकायको पठनपाठन सुरु हुन लागेकाले त्यसतर्फ जनशक्ति थप्नुपर्ने बताए । अन्य संकायमा पनि शिक्षकदेखि कर्मचारी अभाव भएकाले सम्बन्धिक संकायका डिनले करारमा भर्नाका लागि आवेदन माग गरेको उनको भनाइ छ । ‘स्वीकृत दरबन्दीअनुसार कर्मचारी पदपूर्ति गरिएको छ,’ पाठकले भने, ‘तर त्यसले मात्रै नपुगेर थप जनशक्ति भर्ना गर्नुपरेको हो । अहिले ६ वटा स्वीकृत दरबन्दी मात्रै पदपूर्ति हुन सकेका छैनन् ।’

२०६८ असारमा स्थापना भएको विश्वविद्यालयले एक वर्षपछि उपकुलपति प्रा। जयराज अवस्थीको नियुक्तिसँगै प्रशासनिक कामकाज सुरु गरेको थियो । २०६९ मंसिरदेखि तत्कालीन सिद्धनाथ बहुमुखी क्याम्पस ९हालको केन्द्रीय क्याम्पस० लाई समायोजन गरी पठनपाठन सुरु भएको हो । हालसम्म दुईपटक दीक्षान्त समारोह गरी यहाँ करिब २ हजार विद्यार्थी दीक्षित भएका छन् । स्थापनादेखि नै विद्यार्थी आन्दोलनले विश्वविद्यालयको शैक्षिकदेखि भौतिक प्रगति प्रभावित हुँदै आएको छ ।

कान्तिपुरबाट

शनिबार, असार ३२, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.