धनगढी, २६ असार। धनगढी उपमहानगरपालिकाको नगर प्रहरी छनोट प्रक्रिया गलत भएको भन्दै नगर प्रहरीमा आवेदन दिएका केहिले असन्तुष्ट जनाएका छन ।नगर प्रहरी छनौटका क्रममा दौडमा फेल भएकालाई समेत लिखितमा समावेश गराई उर्तिण गरिएको भन्दै त्यसमा आफ्नो पूर्ण असहमत रहेको नेपाली सेनाका पुर्व गुल्म कार्य हुद्धा प्रेम सिंह थामी बताए ।
‘असार २४ गतेका दिन भएको ३२ सय मिटर दौडमा नेपाल प्रहरीका सेवा निबृत्त प्रहरी सहायक निरीक्षक लक्ष्मी दत्त भट्ट बिच बाटोमै छोडेर गएका थिए’ प्रेम सिंह थामीले भने, तर उहाँलाई लिखित परिक्षामा समावेश गराइयो र उहाँको लिखित परिक्षाको नतिजामा नाम पनि आयो, यसरी दौडमै फेल भइसकेका ब्यक्तीलाई कुन आधारमा लिखित परिक्षामा सहभागी गराइयो उपमहानगरपालिकाले जवाफ दिनुपर्छ ।”
छनौट प्रक्रियामा सबैलाई जोडेर अन्तिम नतिजा निकाल्नुपर्ने भएपनि दौडमा प्रथम भएका पुर्व नेपाली सेनाका हुद्धा हरी रावललाई ग्राह्यता दिइएन उनले भने “दौडमा प्रथम हुने लिस्टमा पर्नुभएन, दौडमा बिच बाटोमै छोड्ने ब्यक्ती लिखितमा समावेशपनि भए र नतिजामापनि नाम आयो, यो कस्तो छनौट प्रक्रिया हो ?”
नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरीको छनौटमा शारिरिक परिक्षण, फिजिकल, लगायतमा उत्कृष्ट भएकाहरुलाई ग्राह्यता दिएर सबैको अंक जोडेर अन्तिम नतिजा निकालिन्थ्यो उनले भने “तर उप महानगर प्रहरी छनौटमा शारिरिक परिक्षण तथा फिजिकलमा उत्कृष्ट भएकाहरुलाई कुनै ग्राह्यता पाइएन कस्तो छनौट प्रक्रिया हो ?” नगरप्रहरी जस्तो जिम्मेवारी निकायका लागी नगरी प्रहरी छनौट गर्दा न्युनतम मापदण्ड पुरा नगरेका ब्यक्ति लाई समेत छनौट गएिको नेपाली सेनाका पुर्व हुद्धा मनि दत्त भट्टले जानकारी दिए ।उनले छनौट प्रक्रिया लाई प्रादर्शी नबनाएको आरोप लगाए ।
त्यस्तै नेपाली सेनाका पुर्व जम्दार जगदिस महराले लिखित परिक्षामा प्रश्न पत्र मोवाईलमा पहिले नै बाहिरिएको जानकारी दिए । उनले नगर प्रहरी छनौटमा भएको गम्भिर गल्ती लाई तत्काल सुधार गनुपर्ने बताए । नगर प्रहरी नायब निरिक्षकम आवेदन दिएका अर्जुन भट्टले फिजिकल पास नभएर लिखितका लागी नाम भएका ब्यक्तीहरुलाइ पनि लिखित दिन दिएको बताए । फिजिकल परिक्षामा फेल भएका ब्यक्तीलाई लिखित परिक्षामा सहभागी गराउनु गलत भएको भन्दै प्रक्रिया बिपरित भएका काम सुधार्न उनले आग्रह गरे ।
उप महानगर प्रहरी भर्नामा अनियमितता र घुसपैठ भएको भन्दै आवेदन दिएकाहरुले यसका बिरुद्धमा उत्रिने चेतावनी दिएका छन् । पुर्व नेपाली सेनाका जगदिश महरा, हरि रावल, प्रेमसिँह धामी, पदम बहादुर रावल, महेश बिष्ट, टेक बहादुर बोहरा, अम्मर चन्द, र पुर्व नेपाल प्रहरीका पदम रावत, टेक बहादूर बोहरा, शुन्दर सिहँ धामी लगायतले अनियमितता बारे छानविनका लागी निवेदन दिने तयारी गरेको बताएका छन् ।
