धनगढी, २५ असार/कैलालीको धनगढी स्थित मोहना नदीमा पानीको सतहले खतराको तह पार गरेको छ ।बाढी पूर्वानुमान महाशाखाका अनुसार बिहानदेखि नदीमा पानीको सतहले खतराको तह पार गरेको हो ।
मोहना नदीमा बाढी आएपछि तटीय क्षेत्रहरू तथा डुबान भइरहने ठाउँका बासिन्दालाई सतर्क हुन आग्रह गरिएको छ।