धनगढी, १७ असार/बझाङमा ट्रेक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। छ जना अन्य ट्रेक्टरमा सबार घाईते भएका छन् । प्रहरीका अनुसार जिल्लाको सुर्मा गाउँपालिका–२ रातोपडमा सडकमा काम गरेर घरतर्फ गइरहेको सुपप्र ०२००१ त १३०८ नम्बरको ट्रेक्टर बिहीबार राति घट्टेखोलामा दुर्घटना भएको थियो।
दुर्घटनामा २७ वर्षीय नरेश बोहराको मृत्यु भएको प्रहरीले बताएको छ। त्यस्तै, चालक विमल बोहरासहित ६ जना घाइते भएका र उनीहरु जिल्ला अस्पतालमा सामान्य उपचारपछि डिस्चार्ज भइसकेका जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। ट्रेक्टरको स्टेरिङले काम नगर्दा दुर्घटना भएको कार्यालयका प्रमुख डिएसपी ज्ञानबहादुर विष्टले बताए।